विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

को पहिला प्रधानमन्त्री ?

702
shares

 

काठमाडौ । मंसिर ४ गते सम्पन्न हुने संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरु चुनावी अभियानमा सक्रिय भएपनि जनतामा भने खासै उत्साह देखिएको छैन । राजनीतिक दलहरु जनताप्रति उत्तरदायी नभएकै कारण जनतामा उत्साह नदेएिको दलहरुले नै स्वीकार गरेका छन् ।
खासगरी निर्वाचनमा जित हाँसिल गरेपछि उनीहरु आ आफ्नो क्षेत्रका जनतासामु नपुग्ने र जनतालाई मत हाल्ने हतियारका रुपमा मात्र प्रयोग गर्ने गरेको आरोप जनताले लगाउँदै आएका छन् ।
विगतको निर्वाच भन्दा यस पटकको निर्वाचन अलिक फरक ढँगले हुने निश्चित भएको छ । विगतमा राजनीतिक दलहरु आ–आफ्नो हैसियत जनतामा खोज्न गएका थिए भने यस पटक गठबन्धन गरेर कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा निर्वाचनमा गएका छन् भने नेकपा एमालेले समेत राप्रपा, राप्रपा नेपाल र जनता समाजवादी पार्टीसँग केही निर्वाचन क्षेत्रमा तालमेल गरेर निर्वाचनमा गएकाले गर्दा जनतामा अन्यौल बढेको छ ।
अहिले सत्ता गठबन्धनमा रहेका र सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले नै गठबन्धन गर्नु परेको हुनाले कांग्रेस दिन प्रतिदिन कमजोर हुँदै गएको प्रमाणित भएको छ ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई गठबन्धन आवश्यक मात्र होइन अनिवार्य थियो । आ–आफ्नो पार्टीको अस्तित्व बचाउनका लागि पनि उनीहरु जसरी भएपनि गठबन्धन बनाउन चाहान्थे भने कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा फेरी प्रधानमन्त्री बन्न गठबन्धनको बुई चढेर लालयित भएकै कारण कांग्रेसले निर्वाचन हुनुअघि नै संघीय संसदको प्रत्यक्ष तर्फको ७४ सिटमा पराजित भईसकेको छ ।
कांग्रेसले प्रत्यक्षतर्फ ९१ सिटमा मात्र आफ्ना उम्मेदवार उठाएर अरु सिटमा माओवादी नेकपा एकीकृत समाजवादी राष्ट्रिय जनमोर्चा र ७ सिटमा तमलोपासँग गठबन्धन गरेको छ ।
यस पटकको निर्वाचनमा सबैभन्दा बढी सिट १ सय ४१ वटा क्षेत्रमा नेकपा एमालेले उम्मेदवार उठाएको छ भने उसले २४ सिटमा मात्र अरु दलसँग तालमेल गरेको छ । २४ सिटमध्येको दुई सिटमा बागी उम्मेदवारलाई सघाउने निर्णय उसले गरेको छ । ती वागीहरु पनि कांग्रेसकै रहेकाले गर्दा नि यस पटकको निर्वाचन रोचक हुने र कुनैपनि दलले बहुमत ल्याउन सक्ने अवस्था देखिएको छैन ।
दलहरु एक्लाएक्लै निर्वाचनमा गएका भए कांग्रेसले नै बढी सिटमा जित हाँसिल गर्न सक्ने अवस्था रहेको भएपनि सभापति देउवाकै कारण त्यो सम्भव नभएकाले गर्दा गठबन्धन बनाउनु परेको कांग्रेस जनहरुले नै बताउँदै आएका छन् ।
परमादेशबाट प्रधानमन्त्री बन्न सफल भएका देउवा अब गठबन्धनको बुई चढेर फेरी प्रधानमन्त्री बने पनि देउवा नेतृत्वको त्यो सरकार समेत पाँच वर्षसम्म टिक्न सक्ने अवस्था देखिँदैन ।
पुष्पकमल दाहालले आफू प्रधानमन्त्रीको उम्मेदवार भएको बताउँदै आएका हुनाले पहिला को प्रधानमन्त्री बन्ने भन्नेमा नै विवाद उत्पन्न हुने र अन्य दलले अर्थात नेकपा एमालेले देउवा वा दाहाललाई समर्थन गरेको खण्डमा हालको गठबन्धन टुट्न सक्छ त्यसको नतिजा चुनावी परिणामले देखाउन सक्छ, त्यसका लागि मंसिर ५÷७ गतेसम्म कुनुपर्ने हुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports