विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनतामा चुनावप्रति उत्सुकता देखिएन

559
shares

 

काठमाडौ । मंसिर ४ गते आउन करिब एक हप्ता बाँकी रहेको बेला राजनीतिक दलहरु चुनावी कार्यमा सक्रिय रहेका छन् । राजनीतिक दलका नेता र कार्यकर्ताहरुमा समेत यस पटकको निर्वाचनमा खासै उत्सुकता देखिएको छैन भने जनतामा त उत्सुकता नै छैन ।
जनतालाई राजनीतिमा चासो नहुनुको अर्थ हो जो जसले निर्वाचन जितेर पनि उनीहरु आफ्नो स्वार्थ मात्र पुरा गर्दछन् जनताका लागि केही गर्दैनन् भन्ने परेको छ ।
२०७४ सालको निर्वाचनमा चुनाव जितेर गएका व्यक्तिहरु अहिले पाँच वर्षपछि जनताकहाँ आएका छन् ।

जनता कोरोना र डेँगुको मारमा पर्दा आफूले मत दिएर जिताएका व्यक्तिहरुबाट केही आशा गरेका थिए तर सांसदहरु आफ्नै स्वार्थ सिद्ध गर्न मात्र लागि परेका हुनाले जनतामा निर्वाचन प्रति उत्सुकता नदेखिएको सत्य वास्तविकता हो ।
राजनीतिक दलहरुले संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि जनतासामु चुनावी घोषणपत्र सार्वजनिक गरिसकेका छन् । कांग्रेसले आफ्नो चुनावी घोषणापत्रलाई संकल्पपत्र भनेको छ । तर, २०७४ सालमा भएको निर्वाचनमा घोषणापत्रमा उल्लेख गरिसकेका विषयहरु कति कार्यान्वयन भए र कति कार्यन्वयन हुन बाँकी रहेका छन् ? भनेर कुनै दलले पनि सार्वजनिक गर्न सकेका छैनन् ।
त्यसको एउटै कारण हो चुनावी घोषणापत्रमा उल्लेख गरिएका कुनै पनि कार्यक्रमहरु लागु भएका छैनन् त्यसैले भन्न सकिन्छ चुनावी घोषणा पत्र भनेका जनतालाई झुक्याउने खेल मात्र हो भनेर ।
राजनीतिक दलहरुले पुरा गर्नै नसकिने विषयहरु घोषणापत्रमा राखेका छन् । उदाहरणका लागि ५वर्ष भित्रमा १२ लाख ५० हजारलाई रोजगारी दिने, पाँच वर्ष भित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने, पाँच वर्ष भित्रमा २५ लाख पर्यटकलाई नेपाल ल्याउने ।
नेकपा एकीकृत समाजवादीले त अरु दलभन्दा अघि बढेर २०० युनिटसम्म विद्युत जनतालाई निःशुल्क दिने घोषणापत्रमा राखेको हुनाले यो सबै झुठको खेती बाहेक अन्य केही हुन सक्दैन । दलहरुले जनतासामु गरेका प्रतिवद्धताहरु पहिला पनि पुरा गरेका छैनन् र अब पनि गर्न सक्ने सम्भावना नभएकाले जनता चुनावप्रति उत्सुक नदेखिएको प्रष्ट भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports