टुरिष्ट उम्मेदवारलाई मतदान नगरौँ
वि.सं.२०७९ कात्तिक २५ शुक्रवार ०९:४९
shares

काठमाडौ । मंसिर ४ गते सम्पन्न हुने संघीय संसद र प्रदेशसभाको निर्वाचनमा यस पटक दलहरुले गठबन्धन गरेर गएका हुनाले कांग्रेसले माओवादी र नेकपा एसलाई मतदान गर्नेपर्ने भएको छ भने माओवादी र नेकपा एसले कांग्रेसलाई भोट हाल्नुपर्ने भएको छ ।
त्यसैगरी २४ निर्वाचन क्षेत्रमा एमालेले राप्रपा, राप्रपा नेपाल लगायत अन्य दलका उम्मेदवारलाई मत हाल्नुपर्ने भएको छ भने राप्रपा राप्रपा नेपाल लगायतका अन्य दलहरुले र तिनका समर्थकहरुले नेकपा एमालेलाई मत हाल्नुपर्ने भएको छ ।
राजनीतिक दलहरुले जनतालाई विश्वास गर्न नसकेकै कारण गठबन्धन र तालमेल गरेर पार्टीगत र व्यक्तिगत स्वार्थ पूरा गर्न लागेकै कारण स्वतन्त्र उम्मेदवारहरुको यस पटक बाढी नै आएको छ ।
स्वतन्त्र उम्मेदवारहरुले प्राप्त गर्ने मतले गर्दा नै राजनीतिक दलका उम्मेदवारहरुको हारजित हुन सक्ने सम्भावना समेत देखिएको छ । यस पटक स्वतन्त्र रुपमा निर्वाचनमा खडा भएका केही व्यक्तिहरुले निकै पहिला देखि नै तयारी गरेका भएपनि जनताले स्वतन्त्रलाई समर्थन गरेको खण्डमा दलका उम्मेदवारहरु पराजित नभएपनि हार्ने निश्चित भएकाले बाजी मार्ने र जित्ने निश्चित भएकाले पराजित हुनुपर्ने अवस्था आउन सक्छ ।
पटक पटक एउटै व्यक्ति त्यही निर्वाचन क्षेत्रमा उम्मेदवार बनेको र जित हाँसिल गर्दै आएपनि उक्त क्षेत्रलाई आफ्नो विर्ता सम्झिएको हुनाले यस पटक पहिला निर्वाचन जितेको क्षेत्रबाट काठाडौमा उम्मेदवार रहेका व्यक्तिलाई निर्वाचन जित्न फलामको च्युरा चपाउनु सरह रहेको छ ।
पटक पटक निर्वाचन जित्ने टुरिष्ट उम्मेदवारहरुलाई हराउनैपर्दछ । आफ्नो घर भएको क्षेत्रबाट निर्वाचन लड्दा पराजित हुने डरले गर्दा टुरिष्ठ उम्मेदवार बन्ने गरेको र निर्वाचन जितेपछि त्यस क्षेत्रमा पाँच वर्षमा अनुहारसम्म नदेखाएका व्यक्तिहरु फेरी अहिले जनतालाई झुक्याउन सकिन्छ भन्दै जनताको घर दैलोमा आएका छन् त्यस्ता व्यक्तिहरुलाई मतदान नगरौँ, जनताको दुःख सुखमा साथ दिने व्यक्तिलाई मात्र मतदान गरौँ भन्ने जनताको आवाज उठेको हुनाले यस आवाजलाई कदर गर्नै पर्दछ ।
टुरिष्ट उम्मेदवार पर्यटकको रुपमा मात्र आउने भएकाले गर्दा आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई सहयोग र समर्थन गर्नु त्यस क्षेत्रका बासिन्दाको धर्म र कर्तव्य समेत हो दलगत रुपमा कसैलाई नहेरी जनताको दुःख सुःखमा साथ दिनेलाई मतदान गरौँ ।



































