विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाको सिनेटमा डेमोक्र्याटले जोगायो आफ्नो पकड

520
shares

एजेन्सी ।अमेरिकाको मध्यकालीन निर्वाचन बाट सिनेटमा डेमोक्र्याटले आफ्नो पकड पक्का गरेको छ।नेभडा राज्यमा जित हासिल गरे सँगै सिनेट डेमोक्र्याटकै पकडमा रहेको सिएनएनले जनाएको छ। डेमोक्र्याटले पेन्सिलभेनिया राज्य बाट रिपब्लिकनको सिट समेत खोसेको थियो।

सार्वजनिक परिणाम अनुसार डेमोक्रयाटले ५० र रिपब्लिकनले ४९ सिटमा जित निकालेका छन्। जर्जिया राज्यमा डेमोक्र्याट र रिपब्लिकन दुबैका उम्मेदवारले ५० प्रतिशत थ्रेसहोल्ड मत नकटाएपछि त्यहाँ फेरि निर्वाचन हुने भएको छ। उक्त राज्यमा डिसेम्बर ६ मा निर्वाचन हुनेछ।जर्जियामा, डेमोक्र्याटबाट राफेल वानर्क र रिपब्लिकन बाट हर्सल वाल्कर उम्मेदवार थिए। मतपरिणाम अनुसार वानर्कले ४९.४ प्रतिशत र वाल्करले ४८.५ प्रतिशत मत प्राप्त गरेका छन्।

अमेरिकाको माथिल्लो सदन सिनेटमा सय सिटका लागि प्रतिस्पर्धा हुने गर्छ। सन् २०२० को मध्यकालीन निर्वाचनमा सिनेटमा रिपब्लिकन र डेमोक्र्याटको हाराहारी मत आएको थियो। निर्णायक चरणमा उपरराष्ट्रपतिले मत जाहेर गर्दा डेमोक्र्याटको पक्षमा बहुमत पुग्थ्यो।

रिपब्लिकनले जर्जिया राज्यमा जित निकालेमा सिनेटमा बराबरी सिट पुग्नेछ। यस्तो अवस्थामा निर्णायक चरणमा उपराष्ट्रपतिले मतदान गर्नसक्ने प्रावधान भएकाले डेमोक्र्याटले सिनेटमा बहुमत पुर्‍याउने छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports