विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीको ठहर एमाले बाहेक अरूले जित्ने आधार छैन

507
shares

ललितपुर ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ललितपुरका दुई निर्वाचन क्षेत्रमा पुगी आसन्न निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका एमाले उम्मेदवारहरूलाई हौसला र उत्साह प्रदान गरेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रचारप्रसारको देशव्यापी कार्यक्रमको व्यस्त कार्यतालिका बीच अध्यक्ष ओली मंगलबार बिहान ललितपुरको भैंसेपाटी र छम्पी पुगेका थिए ।

अध्यक्ष ओली ललितपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गोदावरी नगरपालिका– ९ को छम्पीमा घरदैलोमा सहभागी भएका थिए । अध्यक्ष ओलीले छम्पीमा सम्बोधन गर्दै ललितपुर निर्वाचन क्षेत्र नं। १ मा नेकपा (एमाले) बाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको बताए । उहाँले देश र प्रदेशका लागि एमाले बाहेक अरूले विगतमा के गरे, त्यो सबैले देखेको बताए ।अध्यक्ष ओलीले भने–‘एमालेको सरकार हटाएर गठबन्धनको परमादेशी सरकार बनाएको १६र१७ महिनाभित्र देशलाई बर्बाद बनाउने काम मात्र भएको छ ।’

उनले देशको विकास, लोकतन्त्रको रक्षा र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आगामी निर्वाचनमा एमालेले जित्नुपर्ने बताए । यसअघि ललितपुरको निर्वाचन क्षेत्र नं.३ मा पर्ने भैंसेपाटीमा भेटघाट र पैदलयात्राका लागि पुगेका अध्यक्ष ओलीलाई त्यस क्षेत्रमा पार्टीले युवा, योग्य र अनुभवी उम्मेदवार बनाएकामा नागरिक समाज र स्थानीयको तर्फ बाट आभार प्रकट गरिएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष ओलीले सो क्षेत्रका प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारलाई विजयको शुभकामना दिएका थिए । भैंसेपाटीमा अध्यक्ष ओलीलाई बरिष्ठ सञ्चारकर्मी भुषण दाहाल र टेलिभिजन कार्यक्रम सञ्चालक सुरजसिंह ठकुरीले स्वागत गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports