विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज मध्यरात देखी चीन र भारतका सिमा नाका बन्द हुने

559
shares

काठमाडौं ।आमनिर्वाचनका लागि आज बिहीबार मध्यराति देखि छिमेकी मुलुक भारत र चीन सँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

बिहीबार राति १२ बजे देखि ४ मंसिर अर्थात् मतदान नसकिए सम्म नाका बन्द गर्न सरकारले समन्वय गरेको छ । अत्यावस्यक अवस्था बाहेकमा आवतजावत बन्द हुनेछ । नेपाल र भारत बीच खुला सीमानाका रहे पनि चीन सँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने गृह मन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जानकारी दिएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports