विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वकप फुटवल हेर्न अत्तिरित्त शुल्क तिर्नु पर्ने

663
shares

काठमाडौं ।कतारमा हुने फिफा विश्वकप फुटबल हेर्न नेपालभित्रका टेलिभिजन दर्शकले अतिरिक्त शुल्क तिर्नु पर्ने भएको छ । विश्वकप फुटबल हेर्ने ग्राहक सँग अतिरिक्त शुल्क लिने मिडिया हब प्रालिको निर्णय विरुद्ध परेको रिट माथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले अतिरिक्त शुल्क लिन पाउने बाटो खोलिदिएको छ ।

उक्त रिट माथि सुनुवाइ गर्दै कात्तिक २२ गते सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अतिरिक्त पाँच सय रुपैयाँ शुल्क उठाउने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो । तर, आज न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश गरेको छ ।

मिडिया हबको आगामी कतारमा हुने विश्वकप फुटबल हेर्ने ग्राहकसँग अतिरिक्त पाँच सय शुल्क लिने निर्णय विरुद्ध अधिवक्ताहरु किशोर पौडेल, अनुपम भट्टराईले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports