विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आ–आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी

611
shares

 

काठमाडौ । मंसिर ४ गते सम्पन्न हुने संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरुले जोडतोडले चुनावी प्रचार प्रसार गरेका छन् । निर्वाचन आयोगले मंसिर १ गते विहिबार राति १ बजे देखि ‘स्थिर’ समय भएको भन्दै चुनावी प्रचारप्रसारका लागि रोक लगाएको छ ।
राजनीतिक दलहरुले चुनावका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गते मध्यरात सम्म चुनावी प्रचार प्रसार गर्ने समय पाएका थिए । त्यो समयलाई उनीहरुले सदुपयोग गर्दै आ आफ्नो दललाई मत दिन जनतासँग आग्रह गरेका भएपनि यस पटकको निर्वाचनमा जनतामा भने त्यत्ति उत्सुकता देखिएन ।
कांग्रेसका सभापति एवं सत्ता गठबन्धनको नेतृत्वकर्ता प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धनले फेरी सत्ता गठबन्धनकै नेतृत्वमा आफ्नै नेतृत्वमा सरकार बन्ने उद्घोष गरेका छन् भने सत्ता गठबन्धनमा सहभागि दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत चुनावी सभाहरुमा अब आफ्नै नेतत्वमा सरकार निर्माण गर्ने अभिव्यक्ति दिँदै आएका छन् ।
अध्यक्ष दाहालले त चुनावी सभाहरुमा विभिन्न व्यक्तिहरुलाई मन्त्री बनाउने आश्वासन दिँदै आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउन आग्रह समेत गर्दै आएका छन् । दाहाल चुनावी सभालाई सम्बोधन गर्न जहाँ जहाँ पुगे ती सबै ठाउँमा मन्त्री पद बाँडदै हिडेका थिए ।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको तारिफ गर्दै दाहालले पौडेल प्रधानमन्त्री बन्न सक्ने अभिव्यक्ति तनहुँमा पुगेर उद्घोष गरेका छन् भने कांग्रेसका महामन्त्री तथा काठमाडौ क्षेत्र नं. ४ मा सघीय संसदको उम्मेदवार समेत रहेका गगन थापाले समेत आफूँ प्रधानमन्त्रीको उम्मेदवार रहेको भन्दै जनतासँग भोट मागेका थिए ।
कांग्रेसका अन्य नेताहरुले समेत आफू प्रधानमन्त्रीको दावेदार रहेको बताउँदै आएका भएपनि त्यस्तो उद्घोष निर्वाचन जित्न र जनतालाई प्रलोभनमा पार्ने रणनीतिक उदेश्यमात्र रहेको प्रष्ट हुँदै गएको छ ।
नेकपा एमालेले समेत आफ्नो पार्टीले बहुमत ल्याउने र पार्टी अध्यक्ष केपी ओली नै प्रधानमन्त्री बन्ने बताइरहेको छ । नेकपा एमालेमा भने पार्टी अध्यक्ष ओली बाहेक अन्य कसैले प्रधानमन्त्रीको दाबेदारी गरेका छैनन् । कांग्रेसका सभापति देउवा माओवादीका अध्यक्ष दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओली मध्येकै व्यक्ति प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिएको छ ।
चुनावी प्रचारप्रसारको क्रममा तिनै जनाले प्रधानमन्त्री दावेदार रहेको जनतासामू उद्घोष गरिसकेका हुनाले स्वतन्त्र व्यक्तिहरु र बैकल्पिक राजनीतिक दलका उम्मेदवारहरुको सबै भन्दा बढी मनोवैज्ञानिक दबाब उनीहरु माथि परेको छ ।
स्वतन्त्र व्यक्ति र बैकल्पिक दलका उम्मेदवारहरुले पुराना र पाका उमेरका नेताहरुको विकल्प खोज्ने विषयलाई प्रमुख मुद्दा बनाएका भएपनि आगामी पाँच वर्ष सम्म समयले नै असान्दर्भिक बनाएन भने नेपालको राजनीतिक देउवा, दाहाल र ओलीकै वरिपरि घुम्ने प्रायः निश्चित जस्तै देखिएको छ ।
त्यही कारणले गर्दा चुनावी प्रसारका क्रममा निर्णयक शक्ति बन्न देउवा, दाहाल र ओली आक्रमक तवरले प्रचारप्रसारमा जुटेका थिए ।
यस पटकको निर्वाचनमा मधेशवादी दलका नेताहरुलाई भने संकट देखिएको छ । मधेशवादी दल जसपा र लोसपा अलग अलग कित्तामा उभिएर निर्वाचनमा गएका हुनाले उनीहरुलाई आ आफ्नो पार्टीको साख बचाउन हम्मे हम्मे देखिएको छ ।
सत्ता गठबन्धनबाट बाहिरिएको जसपाले एमालेसँग केही क्षेत्रमा तालमेल गरेको छ भने सत्ता गठबन्धनमा प्रवेश गरेर लोसपाले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतसँग केही क्षेत्रमा तालमेल गरेको छ ।
सत्ता गठबन्धनले ओली प्रधानमन्त्री भएको बेला दुई÷दुई पटक संसद विघटन गरेको मुद्दालाई जोडतोडले उठाएको छ भने नेकपा एमालेले चुच्चे नक्सा बनाएर कालापानी, लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाएको र भारतले मिचेको भूभाग फिर्ता ल्याउने विषयलाई नै मुख्य मुद्दा बनाएर नेकपा एमालेको चुनावी प्रचारप्रसार सुरु गर्दै अध्यक्ष ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याई छाड्ने प्रतिवद्धता जनाएका थिए भने देउवाले त्यहाँ नै पुगेर के बन्दुक लिएर लड्न जाने भन्ने अभिव्यक्ति दिएका थिए ।
नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेर २०७४ को निर्वाचनमा गएका हुनाले त्यसबेला एमालेले प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकतर्फ ४१ सिटमा जित हाँसिल गरेको थियो । अहिले त्यो समिकरण भत्किएको र सत्ताको लोभमा परेर माओवादी केन्द्र कांग्रेसँग मिल्न गएको र देउवा दाहालकै सल्लाहमा नेकपा एमालेलाई विभाजन गराएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरिदिएको हुनाले सत्ता गठबन्धन बनेको हो ।
कम्युनिष्ट पार्टीहरुसँग कांग्रेसले गठबन्धन गरेर सत्ता मोह देखाएकाले गर्दा कांग्रेसले सोचेजस्तो मत आउन सक्ने सम्भावना देखिएको छैन भने माओवादी र नेकपा एकीकृत समाजवादीले समेत यस पटकको निर्वाचनमा सन्तोषजनक मत ल्याउन सक्ने अवस्था देखिएको छैन । जे होस् अब मंसिर ४ गते निर्वाचनको परिणामले को कति पानीमा रहेका छन् भन्ने प्रष्ट हुने नैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports