स्याङ्जामा एमालेभित्रै चुनाव हराउने चलखेल, पूर्वमन्त्री पद्मा हराउने मरासिनीको षडयन्त्र !
वि.सं.२०७९ मंसिर २ शुक्रवार २१:१०
shares

काठमाडौं । आइतबार हुने संघ तथा प्रदेश सभा निर्वाचनका लागि स्याङ्जामा एमालेभित्रै हराउने चलखेल भएको छ ।
बिशेष सुत्रका अनुसार स्याङ्जा क्षेत्र नं १ मा उम्मेदवार रहेका नारायण प्रसाद मरासिनीले स्याङ्जा क्षेत्र नं २ मा उम्मेदवार रहेकी पूर्वमन्त्री एव एमाले सचिव पद्मा अर्याललाई हराउन लागेका हुन् । मरासिनीले आफू निकट केहि जिल्ला नेताहरुलाई नै परिचालन गरेर पद्मालाई हराउने षडयन्त्र गरिरहेको गोप्य स्रोत बताउँछ ।
पद्माले गत नेकपा एमालेको जिल्ला अधिवेशनमा आफू निकट मानिएका सुर्यप्रसाद गैह्रे पारसलाई अध्यक्षमा जिताएपछि उनीभित्र रुष्ट बनेका मरासिनी त्यसको बदला लिने भन्दै यस्तो षडयन्त्रमा लागेका हुन् । मरासिनी निकट मानिने एमालेका जिल्ला कमिटी सदस्य मोहन गुरुङले आफू निकटका नेता तथा कार्यकर्तालाई यसपटक यसपटक कांग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङलाई बिजयी गराउनुपर्ने भन्दै गोप्य अभियान नै थालेका छन् ।
यस्तै यहि निर्वाचनको आमसभाका क्रममा स्याङ्जामा एमाले अध्यक्ष केपी ओलीले मरासिनीलाई जिताउनोस्, मन्त्री बनाउने भनेपश्चात हौसिएका मरासिनी पद्मा हराएलाई आफूले मन्त्री पद पाउने लोभमा समेत यस्तो गरेको हुन सक्ने जानकारहरु बताउँछन् । यसपटक पद्मालाई रोक्न नसकेमा चुनाव जित्ने झिनो आशा बोकेका मरासिनी मन्त्री नबन्ने भने पक्कापक्की छ ।
यसरी एकै पार्टीका दुई नेताहरु नै एक अर्कालाई चुनाव हराउन लाग्दा त्यसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेसले लिने अनुमान गर्न थालिएको छ । आइतबार हुने निर्वाचनमा स्याङ्जा क्षेत्र नं १ मरासिनीसँग गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु थापा र क्षेत्र नं २ मा उपसभापति धनराज गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।





































