विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंको १० निर्वाचन क्षेत्रको यि स्थानमामा हुदैछ मतगणना

936
shares

काठमाडौं ।काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ ।

काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपली स्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी क्षेत्र नं. ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं. ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुने छ । क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी भट्टराईले मतपेटिका संकलनको काम भइरहेको भन्दै प्रक्रिया पूरा गरी आजै बाट मतगणना सुरु गर्ने तयारी भइरहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports