विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देबेन्द्र खत्री नियुत्त

299
shares

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्रा.डा.देवेन्द्र खत्रीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।

नेपाली सेनाका पूर्वउपरथी समेत रहेका प्रा.डा. खत्रीले मङ्गलबार चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबाट उपाध्यक्षको नियुक्तिपत्र बुझेका हुन् ।नियुक्तिपत्र बुझेसँगै उनले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशकबाट राजीनामा दिने तयारी गरेका छन्।

नेपाली सेना कल्याणकारी कोषद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान नेपालको चिकित्सा शिक्षा क्षेत्रमा नाफा–रहित संस्थाको रूपमा स्थापित छ । यस संस्थान अन्तर्गत ‘कलेज अफ मेडिसिन’ र ‘कलेज अफ नर्सिङ’ गरी दुई वटा कलेजहरू सञ्चालित छन् ।प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका हुन् । उपाध्यक्ष नियुक्तका लागि गठन भएको छनोट समितिले डा. खत्रीसहित डा. प्रमोद यादव र डा. श्रीकृष्ण गिरीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।

ती मध्ये डा.खत्रीलाई प्रधानमन्त्री शाहले उपाध्यक्षमा नियुक्त गरेका हुन्। प्रा. डा. खत्री आन्तरिक चिकित्सा (इन्टरनल मेडिसीन) विषयका प्राध्यापक हुन्।नवनियुक्त उपाध्यक्ष डा. खत्री वि.सं. २०७७ पुस १५ मा नेपाली सेनाको प्राविधिकतर्फ उपरथीमा पदोन्नति भएका थिए । उपरथीमा पदोन्नति भएपछि खत्रीलाई सैनिक स्वास्थ्य महानिर्देशनालयमा महानिर्देशकको रूपमा पदस्थापन गरिएको थियो।प्रा.डा.खत्रीले वीरेन्द्र सैनिक अस्पतालमा लामो समय वरिष्ठ चिकित्सक र मेडिसिन विभागको विभागीय प्रमुखका रूपमा समेत काम गरिसकेका छन्।

आयोगको उपाध्यक्षमा प्रा.डा खत्रीसहित यसअघि चार वर्ष उपाध्यक्ष भएर काम गरेका प्रा.डा श्रीकृष्ण गिरी, स्वास्थ्य मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेल, प्रा.डा. गेहनाथ बराल, प्रा.डा. दिनेशकुमार लम्साल, प्रा.डा. दीपेन्द्र श्रेष्ठ, सह प्रा.डा. प्रमोदकुमार यादव, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा सुरज बज्राचार्य र प्रा.डा. शैलेश प्रधानले पनि आवेदन दिएका थिए । समितिले उनीहरूलाई कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ता लिएको थियो।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि आयोगमा उपाध्यक्ष पद रिक्त थियो । यसअघि आयोगको उपाध्यक्ष डा.अञ्जनीकुमार झा थिए । त्यसपछि अर्को व्यवस्था नभएसम्मका लागि डा.श्रीकृष्ण गिरीलाई उपाध्यक्ष पदको जिम्मेवारी दिइएको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports