सुनको भाउ १ हजार ४ सयले घट्यो
वि.सं.२०८३ असार २३ मंगलवार १२:३८
shares

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ८९ हजार ४ सय रुपैयाँ थियो । गत मंगलबार सुनको भाउ तोलामा २ लाख ७७ हजार ९ सय रुपैयाँ थियो ।चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ५८५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५५५ रुपैयाँमा झरेको छ । यसअघि गत मंगलबार चाँदी ४ हजार २८५ रुपैयाँ थियो ।



































