kumari
stcnepal

ठुला पार्टीहरुलाई थपियो संकट

 

काठमाडौ । मंसिर ४ गते सम्पन्न भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनको परिणाम केही स्थान बाहेकको सार्जजनिक भईसकेको छ । परिणाम अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिकतर्फ नेकपा एमाले नै ठुलो दल बनेको छ ।
७ प्रदेशमध्ये नेकपा एमाले, मधेश प्रदेश बाहेक अन्य प्रदेशमा ठुलो पार्टी बनेको छ भने नेपाली कांग्रेस समानुपातिक तर्फ मधेश प्रदेशमा ठुलो पार्टी बनेको छ ।
यस पटकको निर्वाचनमा करिब ६ महिना अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिटमा निर्वाचन जितेर राष्ट्रिय पार्टी बन्न सफल भएको छ भने सिके राउतको जनमत पार्टीले पहिलो पटक निर्वाचनमा भाग लिएकोमा ऊ समेत राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।
मुलुककै पुराना पार्टी नेपाली कांग्रेस र नेकपा एमालेलाई यस पटकको निर्वाचनमा ठुलो धक्का लागेको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाले निर्वाचन अधि दुई तिहाई मत ल्याउने रणनीतिक उदेश्यका सथा निर्वाचनमा गएका भएपनि उनीहरु असफल सावित भएका छन् ।
सत्ता गठबन्धनको एकमात्र रणनीति नेकपा एमालेलाई पराजित गर्ने रहेको भएपनि जनताले सत्ता गठबन्धनको रणनीतिलाई असफल पारिदिएका छन् । यस पटकको निर्वाचनले ठुलो भनिएका राजनीतिक दलहरुलाई ठुलो धक्का दिएको र कांग्रेसले आफ्नो गढ मान्दै आएको चितवनमा एक सिटसम्म जित्न नसक्नुले कांग्रेस कमजोर बन्दै गएको प्रष्ट भएको छ ।
कांग्रेसले सत्ता गठबन्धननको बलमा प्रत्यक्षतर्फ ५५ सिट जितेपनि समानुपातिकतर्फ कांग्रेस दोस्रो स्थानमा रहेको र २०७४ सालमा समानुपातिकतर्फ पाएको मतभन्दा यस पटक मत घट्नुले कांग्रेस कमजोर रहेको प्रष्ट हुन्छ । मतदाताको संख्या बढेपनि मतदान कम हनु भनेको राजनीतिक दलहरुको लागि चिन्ताको विषय हो । ६ महिना अघि गठन भएको दल चौथो स्थानमा रहनु र जनमत पार्टी र उन्मुक्ति पार्टीहरुले पहिलो प्रयासमै राम्रो मत पाउनुले ठुला पार्टीहरुलाई संकट थपिएको छ ।

footer