विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धनलाई सरकार निर्माणमै संकट

754
shares

 

पाँच दलीय गठबन्धनले दुई तिहाईको महत्वकांक्षा लिएर निर्वाचनमा होमिएको भएपनि उसलाई सामान्य बहुमत पु¥याउन समेत हम्मे हम्मे परेको छ । दुवैतर्फको निर्वाचन परिणामले गर्दा सत्ता पक्षलाई निकै सकसपूर्ण अवस्थामा पु¥याएको छ । कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रमा भागवण्डा गरेर निर्वाचनमा होमिएका थिए । सत्ता गठबन्धनले नेकपा एमालेलाई पराजित गर्ने मुख्य उदेश्य लिएर गठबन्धन गरेका भएपनि उनीहरुलाई जनताले उनीहरुले सोचेजस्तो मत नदिएका हुनाले नेकपा एमालेलाई भन्दा सत्ता गठबन्धनलाई नै संकट परेको छ ।
सत्ता गठबन्धनको एकमात्र उदेश्य नेकपा एमालेलाई हटाएर दुई तिहाई मत ल्याउने उदेश्य रहेको भएपनि त्यसलाई जनताले अस्वीकार गरिदिएका छन् । सत्ता गठबन्धनले आफूले सोचेजस्तो मत नआएपछि कांग्रेसबाट धोका भएको आरोप लगाउन थालेका छन् । त्यसमा पनि खास गरेर माओवादी नेता तथा कार्यकर्ताहरुले । माओवादीका नेता तथा कार्यकर्ताहरुले स्थानीय तहमा भन्दा संघीय संसदको अहिलेको निर्वाचनमा धोका भएको भन्दै कांग्रेसलाई विश्वास गर्न नसकिने बताउन थालेका छन् भने कांग्रेसले भने सत्ता गठबन्धनमा रहेका दलहरु भन्दा आप्mनो पार्टीका नेता तथा कार्यकर्ताहरुले घात गरेको आरोप लगाउँदै आएको छ ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहालले त कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले माओवादीलाई मत नदिन आफ्ना मतदातालाई भनेको आफ्ना निकटसँग दाहालले बताउने गरेका छन् । दाहालका अनुसार कांग्रेस बलियो भएको ठाउँमा गठबन्धनका उम्मेदवारले जित हाँसिल गरेको तर कांग्रेसको संस्थापन इतर पक्ष बलियो भएको ठाउँमा गठबन्धनका कांग्रेसबाहेकका अन्य उम्मेदवार हारेकोले गर्दा गठबन्धनभित्र असन्तुष्टि जाहेर गरेका छन् ।
माओवादीले आफ्नो भागमा परेको रुपन्देही क्षेत्र १ मा एमालेले टिकट नदिएका घनश्याम भुसाललाई सत्ता गठबन्धनबाट उम्मेदवार बनाएको भएपनि भुसाल एमालेका उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएकोमा अध्यक्ष दाहालले कांग्रेस प्रति रोष प्रकट गर्दै आएका छन् । कांग्रेसको संस्थापन पक्षले गठबन्धनलाई सहयोग गरेको भएपनि सस्थापन इतर पक्षले सहयोग नगरेको आरोपका बारेमा संस्थापन इतर पक्षले अध्यक्ष दाहालको भनाईमा कुनै सत्यता नभएको बताएपछि गठबन्धनभित्र व्यापक असन्तुष्टि देखिएपनि अहिलेकै अवस्थामा गठबन्धन नभत्किने उनीहरुले बताँउँदै आएका छन् ।
धनश्याम भुसाल, प्रभु साहसहित माओवादी केन्द्रले ४५ जना उम्मेदवार उठाएकोमा १७ सिटमा मात्र जित हाँसिल गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ जम्मा ३३ सिट जित हाँसिल गरेको थियो अहिले प्रत्यक्षतर्फ १७ सिटमा खुम्चिन माओवादी बाध्य भएको छ । माओवादी केन्द्रका उम्मेदवारहरुलाई शहरी क्षेत्रका जनताले अस्वीकार गरिदिएका छन् ।
माओवादीले जितेको अधिकांश स्थानहरु पहाडी जिल्लाका रहेकाले माओवादीका अवस्था दिन प्रतिदिन खस्कँदै गएको प्रष्ट भएको छ । कांग्रेस यस पटक गठबन्धन गरेर निर्वाचनमा गएको हुनाले मात्र प्रत्यक्षतर्फ ५५ सिट जित्न सफल भएको हो । उसले २०७४ को निर्वाचनमा एक्लै लड्दा २३ सिटमा जित हाँसिल गरेको थियो । २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर निर्वाचनमा गएका हुनाले एमालेले ८० स्थानमा जित हाँसिल गरेको थियो ।
अहिले सत्ता गठबन्धनमा रहेका पाँच दलले गठबन्धन गरेर एमालेलाई पराजित गर्ने रणनीतिक उदेश्यका साथ उनीहरु गएका भएपनि उनीहरुको रणनीति असफल सावित भएको छ । भने ५÷६ महिना अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत राम्रो प्रदर्शन गरेको हुनाले एमालेलाई भन्दा सत्ता गठबन्धनलाई ठुलो धक्का लागेको छ ।
अहिले सत्ता गठबन्धनमा रहेका दलहरुले मात्र सरकार बनाउन सक्ने १ सय ३८ संख्या पु¥याउन सक्ने अवस्था नभएकाले गर्दा उनीहरु अब स्वतन्त्र, राप्रपा र स्वरापा पार्टीलाई आफ्नो समर्थनमा लिने प्रयासमा रहेका भएपनि गठबन्धनकारी दलहरुलाई सहज अवस्था रहेको छैन । एमालेलाई पराजित गर्ने रणनीतिक उदेश्य भएपनि त्यस कार्यमा उनीहरु असफल भएको हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports