kumari
stcnepal

आज नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल

काठमाडौँ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे खेल सुरु हुने खेलका लागि ५१ सय दर्शक मैदान प्रवेशका लागि अनुमति छ । दर्शक मैदानमा प्रवेशका लागि रंगशालाका पाँचवटै प्रवेशद्वार खुला गरिनेछ । नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेर मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइनेछ । त्यसका लागि दर्शकले टिकटका साथै भ्याक्सिन कार्ड ल्याउनु पर्नेछ र भ्याक्सिन कार्ड नभए पिसिआर रिपोर्ट ल्याउनु पर्नेछ । दर्शकका लागि प्रभुपेबाट टिकट किन्न सकिने व्यवस्था गरिएको छ । टिकटको मूल्य साधारण प्यारापिटको एक हजार र भिआइपीतर्फ दुई हजार रुपैयाँ तोकिएको छ । खेलको हिमालय टेलिभिजन तथा ओएसआर स्पोर्ट्सको युट्युवबाट प्रत्यक्ष प्रसारण हुनेछ । नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको थियो । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ ।

नेपाल र भारतबीच दशरथ रंगशालामा छ वर्षपछि फुटबल हुन लागेको हो । भारतीय भूमीमा भने नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा खेले भएको थियो । उक्त खेलमा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो । नेपाल र भारतबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ। दुवै देशले चार खेलमा बराबरी खेलेका थिए। भारतले नेपालको पोष्टमा ३३ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा नौ गोल मात्र गर्न सकेको छ । फिफाको बरियातामा भारत १०५औँ तथा नेपाल १६८औँ स्थानमा रहेका छन् । भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ। नेपाली टोलीलाई हाल मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन् । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।

footer