सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ललितपुर युवा संगठन गठन

455
shares

काठमाडौं ।
‘हाम्रो नेपाल हामी नेपाली’ मुल नारा सहित पहिलो ललितपुर युवा संगठन गठन भएको छ । केन्द्रिय युवा संयोजक राजकुमार महर्जनको सभापतित्वमा र अभियानका संयोजक ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बिजय खड्गी, शक्ति शाही, बिनोद खड्का, मुस्कान के.सि.लगायत केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो ।

शनिबार भएको कमिटीको भेलाले ललितपुर युवा संयोजक बिन्द्रलाल श्रेष्ठ, उपसंयोजक महेन्द्र सिलवाल, सचिव सुनिल मिजार, कोषाध्यक्षमा उज्वल खत्री सहित ६१ सदस्य सहित ललितपुर जिल्ला कमिटी गठन गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञानेन्द्र शाहीले अहिलेको समृद्ध नेपाल बनाउनको लागि युवाहरुको ठूलै योगदान हुनुपर्ने र जो जहाँ भएपनि सबै एक भएर लाग्नुपर्ने कुरामा जोड दिनु भयो । विद्यमान नेपालको परिस्थिति र समाज निर्माणका लागि युवाहरुको ठूलै योगदान रहेको र भविष्यमा अझै एकचित्त भएर लागेमा देशको सम्मुनत बिकास पनि छिट्टै हुनुपर्ने कुरा बताउनु भएको छ । त्यस्तै कार्यक्रमका संयोजक राजकुमार महर्जनले कार्यक्रम समापन गर्ने क्रममा सम्पुर्ण युवा अभियान्ताहरुलाई बधाई तथा ऐतिहासिक कार्य सफलताको शुभकामना दिनु भएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports