सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतसँग फेरि हार नेपालको

533
shares

काठमाडौं ।
एक महिनापछि हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपालका लागि आफ्नो क्षमता जाँच्ने अवसर थियो, भारतसँगको दुई मैत्रीपूर्ण खेल ।प्रतियोगिता अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रष्ट भनेका थिए, ‘यो खेल हार्नुको अर्थ साफमा पनि हार्छौं भन्ने होइन । तर हामी दुबै खेल जित्न चाहन्छौं । फिफा ¥याङ्किङका लागि पनि जित्न जरुरी छ । तर नेपालले दुबै खेल जितेन । १७ भदौमा भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले आइतबार भने २–१ गोलको हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको प्लेइङ ११ मा प्रशिक्षक अल्मुताइरीले तीन खेलाडी परिर्वतन गरेका थिए । अघिल्लो खेलमा गोल गरेका स्ट्राइकर अञ्जन विष्टको स्थानमा मनिष डाँगीलाई स्थान दिए भने नवयुग श्रेष्ठलाई बेञ्चमा राखेर आशिष लामा आए । यस्तै मिडफिल्डमा सुमन अर्यालको स्थानमा सुजल श्रेष्ठलाई अवसर दिए । पहिलो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । नेपाली डिफेण्डरको उत्कृष्ट प्रदर्शनका कारण भारतले उल्लेख्य आक्रमण बुन्न सकेन । पहिलो हाफमा नेपालले पनि गोल गर्ने केही अवसर सदुपयोग गर्न सकेन । अनुभवी स्ट्राइकरलाई बेञ्चमा राखेर आएका मनिष र आशिष गोल गर्न चुके । खेलको १४ औं मिनेटमा मनिषले पेनाल्टी एरियाभित्र वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । भारतीय गोलरक्षक अमरिन्दर सिंह आफ्नो स्वाभाविक पोजिसनमा भएको बेला पनि मनिष आफैं अनियन्त्रित भए र नेपालले गोल गर्ने राम्रो अवसर गुमायो । खेलको २७ औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर गुमायो । आयुष घलानको लामो क्रसमा आशिषले सिक्स यार्ड बक्सबाट बललाई कनेक्ट गर्न सकेनन् । पहिलो हाफमा अन्तिमतिर भारतले एउटा अवसर बनाएको थियो । ४१ औं मिनेटमा विपिन सिंहले क्रस गरेको बल नेपालका गौतम श्रेष्ठले क्लियर गरेका थिए ।

पहिलो हाफ सकिन दुई मिनेटअघि नेपाली प्रशिक्षक अल्मुताइरीले आशिष र सुमन लामाको स्थानमा विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए ।दोस्रो हाफमा भारतले सुधारिएको प्रदर्शन ग¥यो । विपिन सिंहको स्थानमा मैदान प्रवेश गरे फारुख चौधरीले ६२ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । कप्तान सुनील क्षेत्रीको हेडर पासमा अनमार्क रहेका फारुखले सहजै गोल गरेका थिए ।

७४ औं मिनेटमा मनिष डाँगीले अञ्जन विष्टको पासमा गोल गर्ने अवसर गुमाए । त्यसको ६ मिनेटपछि भारतले काउन्टरमा गोल ग¥यो । डिबक्स बाहिर नेपालले पाएको फ्रिकिकमा सुजल श्रेष्ठले हानेको बल भारतीय गोलकिपरले पञ्च गरे । त्यही बललाई अगाडि बढाएका भारतका कप्तान सुनील क्षेत्रीले मैदानको मध्य भागबाट एक्लै बल अघि बढाए र सोलो गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ८६ औं मिनेटमै नेपालका लागि दुई खेलाडीले डेब्यु गरे । यही खेलबाट नेपालका लागि सर्वाधिक खेलको कीर्तिमान बनाएका कप्तान किरण चेम्जोङलाई रिप्लेस गर्दै गोलकिपर विशाल श्रेष्ठले डेब्यू गरे । यस्तै राजन गुरुङले पनि डेब्यु गरे । राजन मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए ।लगत्तै नेपालले गोल फर्कायो । ८६ औं मिनेटमा तेज तामाङले लोभलाग्दो गोल गरेपनि हार टार्न पर्याप्त भएन । खेलपछि प्रशिक्षक अल्मुताइरीले नेपाली टिमको प्रदर्शनप्रति आफूलाई कुनै गुनासो नरहेको बताए । साफमा नेपालको प्रदर्शन सुधारिएको हुने भन्दै उनले भने, ‘आजको हारमा धेरै गुनासो छैन । भारतविरुद्ध नेपालको पछिल्लो जित ८ वर्षअघि साफ च्याम्पियनसिपमा भएको थियो । आजकै दिन अर्थात ५ सेप्टेम्बर २०१३ मा नेपालले भारतलाई २–१ ले हराएको थियो । त्यसयता नेपालले कुनै पनि खेलमा भारतलाई जित्न सकेको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports