विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली रूपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर राखौ : अध्यक्ष थापा

689
shares

काठमाडाैँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली पैसामा पृथ्वीनारायण शाहको तस्विर अंकित गर्न माग गरेका छन्। राप्रपा नेपालद्वारा ३०१ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिबसको अवसरमा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पृथ्वीनारायण शाह कुनै राजनीतिकवाद र विचार भन्दा माथि रहेको बताए । नेपाल एकीकरणको अभियान एक संस्था सँग मात्रै सम्बन्धित नभई नेपाललाई नाम र पहिचान दिने महान् कार्य भएको उनले बताए। उनले पृथ्वीनारायण शाहलाई सम्मान दिन राज्यले कन्जुस्याइँ गर्न नहुने बताए।

०७४ सालमा आफू सरकारमा रहँदा राज्यले नै ओपचारिक रुपमा पृथ्वी जयन्ती मनाइएको स्मरण गर्दै यसपटक पृथ्वी जयन्ती एवं एकता दिवसमा राज्यको उपस्थिति नभएको प्रति रोष प्रकट गरे। उनले भने, ‘राज्यले यसपटक बिदा दिए पनि त्यो बिदा राजनैतिक स्वार्थ परिपुर्ति गर्ने माध्यमका लागि मात्रै भएको छ, अघिल्ला वर्ष जस्तै सरकारी निकाय नेपाल प्रज्ञा प्रतिष्ठान मार्फत सरकारले मनाउने पृथ्वी जयन्ती यसपटक रोकिएको छ।’

०७४ सालदेखि निरन्तर राष्ट्र निर्माताप्रति श्रद्धा अर्पण गर्ने गरेको प्रति राष्ट्रपति प्रति भने उनले धन्यवाद दिए। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा। रमेश ढुंगेल र वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पृथ्वीनारायण शाहको योगदान र व्यक्तितब माथि प्रकाश पारेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports