प्रदेश १ मा माओबादी सरकारमा जान तयार
वि.सं.२०७९ पुस २८ बिहीवार १६:४४
shares

विराटनगर ।प्रदेश १ मा नेकपा माओवादी केन्द्र पनि सरकारमा जान तयार भएको छ । आलोपालोमा आफूहरुले पनि मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै आएको माओवादी केन्द्र केन्द्रको निर्देशनपछि सरकारमा जान तयार भएको हो ।
यसअघि प्रदेशसभाको ५ वर्षे कार्यकालको आधा समय मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने माग गर्दै माओवादी केन्द्र सरकारमा नजाने अडान लिएको थियो । प्रदेश १ मा माओवादी केन्द्रको समेत समर्थनमा एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रले मुख्यमन्त्रीमा आलोपालो हुने आश्वासन दिएपछि सरकारमा जान लागेको बताए । ‘केन्द्र बाट आलोपालो हुने जानकारी आएपछि हामी सरकारमा सहभागी हुँदैछौं’ उनले भने ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । उक्त भेटमा प्रदेश १ मा आलोपालोको सहमति भएको माओवादीका नेताहरु बताउँछन् ।





































