linktrix Long Ad
Salt Trading Long Ad

अशोक शेरचन पुन: प्रभु बैकको सिइओमा नियुक्त

637
shares

काठमाडौँ – प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुन:अशोक शेरचननै नियुक्त भएका छन्। यसअघि २ कार्यकाल सीईओ भइसकेका शेरचन बैंकमा तेस्रो पटक नियुक्त भएका हुन्। बिहीबार बसेको सञ्चालक समितिको बैठकले शेरचनलाई सीईओमा नियुक्त गरेको हो। उनी यसअघि २०७५ माघमा दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त भएका थिए।

मर्जरमा गएका बैंकले २ कार्यकाल भन्दा बढी समय बैंकको सीईओ नियुक्त गर्न पाउने छुट छ। सोही बमोजिम उनी तेस्रो पटक बैंकको सीईओ बनेका हुन्।२७ वर्षको बैंकिङ्ग अनुभव सँगालेका सीईओ शेरचनले सन् १९९५ बाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन्। उनले तत्कालिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए। त्यसपछि उनी तत्कालिन नेपाल बंगलादेश बैंक प्रवेश गरे। त्यसपछि, उनी सन् २००६ मा प्रभु फाइनान्समा जोडिए। उनी फाइनान्सको सीईओ बने। साथै, तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि सीईओको जिम्मेवारी शेरचनले नै पाएका थिए।

जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ बने। प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका शेरचनले बैंकलाई अब्बल बनाउँदै टप फाइभभित्र राख्न सफल भएका छन्। शेरचन सन् २००७ मा तत्कालिन प्रभु फाइनान्सको सीईओमा नियुक्त भएका उनी सन् २०१४ देखि प्रभु बैंकको सीईओको जिम्मेवारी सम्हाल्दै आएका छन्। सीईओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो तेस्रो कार्यकाल सुरु हुनेछ। उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports