linktrix Long Ad
Salt Trading Long Ad

यसो गरिए प्रधानमन्त्री दाहाल नैतिक संकटमा

1.21K
shares

 

काठमाडौ । माओवादी केन्द्र र नेकपा एमाले पुस १० गते एकै ठाउँमा आइपुगेपनि पछिल्लो समयमा एकले अर्कोलाई विश्वास गर्ने वातावरणमा घुमिल हुन सक्ने सम्भावना देखिएको छ । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने र राष्ट्रपति र प्रतिनिधिभाको सभामुख नेकपा एमालेले लिने सहमति भए पश्चात् दाहाल पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
त्यही सहमति अनुसार नेकपा एमालेले ७ प्रदेशमध्येमा ४ प्रदेशको मुख्यमन्त्री पाएको छ भने माओवादी केन्द्रले २ र जसपा र जनमत पार्टीले मधेश प्रदेशमा आलोपालो मुख्यमन्त्री पाएका छन् । प्रतिनिधिसभाको सभामुख एमालेले पाएको छ भने उपसभामुख, राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ ।
मंसिर ४ गते भन्दा अगाडि कांग्रेस, माओवादी सहितको गठबन्धन रहेको थियो । सो सत्ता गठबन्धन चुनावमा गठबन्धन नै गरेर गएको भएपनि उसले सरकार निर्माण गर्न आवश्यक बहुमत ल्याउन सकेन भने नेपाली कांग्रेस सबै भन्दा ठुलो पार्टी बन्न पुगेको हुनाले उसले प्रधानमन्त्री र राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएकै कारण पुष्पकमल दाहाल एमालेकहाँ पुगेका हुन् ।
दाहाल पुस १० गते आश्चर्यजनक ढँगबाट प्रधानमन्त्रीमा नियुक्त भएपछि कांग्रेसभित्र विवाद बढेको र कांग्रेसले प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिएको हुनाले फेरी कांग्रेस र माओवाी बीचको सम्बन्धमा केही सुधार देखिएको छ । त्यही सुधारलाई मध्यनजर गरेर कांग्रेसले अहिलेको सत्ता गठबन्धनलाई तोड्ने प्रयास गरिरहेको छ ।
राष्ट्रपति र सभामुख नेकपा एमालेले पाएको खण्डमा आफूलाई अप्ठ्यारो अवस्थामा पु¥याईदिन्छन् कि भन्ने शंका दाहालमा रहेको र राष्ट्रपतिको निर्वाचनमा कतै कांग्रेस माओवादी, नेकपा एकीकृत मिलेर आफ्नो पार्टीका उम्मेदवारलाई हराई दिन्छन् कि भन्ने शंका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई समेत रहेको छ ।
दुई नेताबीच शंका रहेको अवस्थामा सत्ता गठबन्धनलाई नै संकटमा पार्ने रणनीतिक उदेश्यका साथ कांग्रेसले माधव नेपाल वा डा. बाबुराम भट्टराईमध्येका एकलाई राष्ट्रपतिको उम्मेदवार घोषणा गर्न सक्ने सम्भावना रहेको छ । यदि त्यसो गरिएमा प्रधानमन्त्री दाहाललाई नैतिक संकट आउन सक्छ । नेपाल र भट्टराईले दाहाललाई सहयोग गरिरहेका हुनाले त्यसबेला दाहालले नेकपा एमालेसँगको गठबन्धन टुटेको घोषणा गर्न सक्ने सम्भावना समेत देखिएको छ । कांग्रेसको रणनीति भनेको अहिलेको गठबन्धन टुटाएर फेरी आफूँ सत्तामा पुग्ने नै हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports