kumari
stcnepal

पल शाह प्रकरण : दुबै पक्षलाई १५ दिन भित्रमा उपस्थित गराउन उच्च अदालत पोखराको आदेश

काठमाडौं ।अभिनेता पल शाह प्रकरणमा दुवै पक्षलाई उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेश विरुद्व शाहले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । सोमबार उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउन आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्व शाहलाई बालिका बलात्कार आरोपमा सफाई दिँदै बाल यौन दूराचारको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । शाह विरुद्व तनहुँमा पनि बलात्कार मुद्दा परेकामा तनहुँ जिल्ला अदालतले भने सफाइ दिइसकेको छ ।

footer