kumari
stcnepal

आजदेखी हातीपाइले बिरूद्धको औषधी ख्याईदै यी १५ जिल्लामा

सरकारले हात्तीपाइले रोग प्रभावित १५ जिल्लामा आज देखि हात्तीपाइले विरुद्धको औषधि खुवाउँदैछ । ‘आम औषधि सेवा अभियान’ नाम दिएको सो अभियान १५ गते सम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि वितरण गर्ने मन्त्रालयको भनाइ छ ।

हात्तीपाइले विरुद्धको औषधि सेवनले शरीरमा यो रोग गराउने परजीवी भए नष्ट गर्छ । मन्त्रालयका अनुसार दुई वर्ष पूरा भएका सबैले हात्तीपाइले विरुद्धको औषधि खानुपर्छ । दुई वर्ष भन्दा मुनिका बालबालिका, गर्भवती सात दिन सम्मका सुत्केरी, सिकिस्त बिरामीले यो औषधि खान नहुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा यो अभियान शुरु हुन लागेको हो ।

footer