२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रोल्पामा पहिरोले घर/गोठ पुरिदाँ २ को निधन, १ घाइते

494
shares

अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका-५ बोटलबारामा घरसहित गोठ पुरिएर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ-५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् भने घाइते हुनेमा सोही स्थानका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर रहेका बताइएको छ ।

प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यही साउन २७ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घरसहित गोठ पुरिएरको हो । गएराति घटनास्थलमा प्रहरी टोली पुगेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा घाइते उद्धार गरी उपचारार्थ स्वास्थ्य सस्थामा पठाइएको र दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार पहिरोबाट ६ वटा घर रगोठमा क्षति पुगेको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports