kumari
stcnepal

राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच भेटवार्ता

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबीच बुधबार शितल निवासमा भेटवार्ता भएको हो ।

राति आठ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको स्रोतले बतायो । भेटमा भएको छलफलको विषय खुलेको छैन । तर, ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेको ह्ुनसक्छ ।

पछिल्लोपटक प्रधानमन्त्री पदबाट हटेपछि अध्यक्ष ओलीले गत साउन ८ गते पनि राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।
भेटर्वाता बारे राष्ट्रपति कार्यालय र एमाले अध्यक्ष ओलीको सचिवालयले केहि खुलाएको छैनन् ।

footer