गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेस काउन्सिल नेपालद्वारा को को पत्रकार हुँदैछन् पुरस्कृत ?

676
shares

 

काठमाडौं, ३० भदौ । प्रेस काउन्सिल नेपालले आफ्नो स्थापना दिवसको अवसरमा बिभिन्न पत्रकारहरुलाई पुरस्कृत गर्ने भएको छ । प्रेस काउन्सिल नेपालका अनुसार प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कारबाट विमल गौतम र दुर्गालाल के.सी पुरस्कृत हुने भएका छन् ।

त्यसैगरी प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार लक्की चौधरीलाई प्रदान गर्न लागिएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार ७ जना पत्रकारलाई वितरण गर्न लागिएको छ । उक्त पुरस्कार प्राप्त गर्ने सूचीमा माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाई, रामानन्द गुप्ता, वासुदेव शर्मा बबिन, सुशिल अर्याल र रमेश ढुंगेल छन् । त्यसैगरी प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारका लागि घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चुडामणि लिम्बु, भगवती थापा, शिवकुमार रिजाल, रमेश खतिवडा, जगन्नाथ दुलाल र तिर्थ जैसीको नाम छनोट गरिएको छ ।
प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कारका लागि अन्तरध्वनी साहित्यिक त्रैमासिक छानिएको छ पत्रकार आचार संहिता पुरस्कारबाट हिमालय टाइम्सका उज्वल शर्मा पुरस्कृत हुँदै छन् । प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कारका लागि रुपा गहतराज, जमुना वर्षा शर्मा र अञ्जु कार्कीको नाम समेटिएको छ । त्यसैगरी प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारका लागि रोहित राई, अनन्त अनुराग महतो र करन ताम्राकार छनोटमा परेका छन् ।
काउन्सिलको सबैभन्दा ठूलो पुरस्कार गोपालदास श्रेष्ठ पत्रकारिता पुरस्कार भने अमेरिकामा बस्दै आएका र पत्रकारिता कर्मबाट अलग्इिसकेका भारतदत्त कोइरालाई प्रदान गरिँदैछ । त्यसैगरी सुरेन्द्र बस्नेत पुरस्कार पोखराका पत्रकार बद्रि बिनोद प्रतिकलाई दिने निर्णय काउन्सिलले गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports