गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

६० वर्षमा, कर्मचारी सञ्चय कोषको लगानी सवा चार खर्ब

689
shares

काठमाडौं । कर्मचारी सञ्चय कोषको कुल लगानी सवा चार खर्ब नाघेको छ । कर्मचारी सञ्चय कोष ६० औं वर्षमा प्रवेश गरेको अवसरमा सार्वजनिक वित्तीय विवरणमा गत आर्थिक वर्ष २०७७÷७८ सम्म कोषको लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको उल्लेख छ । कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्ने गरेको छ ।

कोषको कुल स्रोत भने ४ खर्ब ४४ अर्ब ४७ करोड छ । जगेडा कोष तथा बचतमा ४० अर्ब १६ करोड छ । सञ्चयकर्ताको सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ भने निवृत्तभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ । दायित्व भने ४ अर्ब ६७ करोड रहेको सञ्चय कोषले जनाएको छ । घर निर्माण गर्न वा घर खरिदमा अधिकतम एक करोडसम्म ७.९० प्रतिशत ब्याज छ । घर मर्मतमा पनि ७.९० प्रतिशत ब्याजमा ऋण लगानी हुन्छ । ७.९० प्रतिशत ब्याजदरमा शैक्षिक ऋण लिन पाइन्छ भने ८ प्रतिशतमा सरलचक्र कर्जाको सुविधा छ ।

कोषले दुर्घटना क्षतिपूर्ति योजना, काजक्रिया अनुदान खर्च, सुत्केरी तथा शिशु हेरचाह योजना र सञ्चयकर्ता औषधोपचार तथा घातक रोग बीमा योजना गरी सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports