kumari
stcnepal

वैदेशिक रोजगार बोर्डका एक कर्मचारी ठगीको आरोपमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्ने कार्यमा संलग्न एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नासु पशुपति अधिकारी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीका अनुुसार उनले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि पक्राउ गरिएको हो । वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका ६ जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।

उनीहरुले अधिकारीले आफूहरूलाई मृत्यु भएकाको व्यक्तिका बारेमा जानकारी दिएर आफन्तसम्म पुग्ने गरेको बयान दिएका थिए । अधिकारी सहित सबै अभियुक्त माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

footer