विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वैदेशिक रोजगार बोर्डका एक कर्मचारी ठगीको आरोपमा पक्राउ

494
shares

काठमाडौं । वैदेशिक रोजगारीमा मृत्यु भएकाको सूचना बेचेर ठग्ने कार्यमा संलग्न एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगार बोर्डका नासु पशुपति अधिकारी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा मनोज केसीका अनुुसार उनले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको सूचना बेच्ने गरेको खुलेपछि पक्राउ गरिएको हो । वैदेशिक रोजगारीमा मृत्यु भएका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका ६ जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको हो ।

उनीहरुले अधिकारीले आफूहरूलाई मृत्यु भएकाको व्यक्तिका बारेमा जानकारी दिएर आफन्तसम्म पुग्ने गरेको बयान दिएका थिए । अधिकारी सहित सबै अभियुक्त माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports