विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री दाहालले स्वीकार गरे एक सय दिनमा आफुले काम गर्न नसकेको

624
shares

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उतारचढावका कारण सरकारको नेतृत्व लिएको १०० दिनसम्म काम गर्न नसकेको स्वीकार गरेका छन् । गोरखा अस्पतालको स्वर्ण जयन्ती समारोहमा सहभागी हुन शुक्रबार गोरखा आएका उनले अब विकास निर्माण सँगै सरकारको अन्य कामले तिव्रता पाउने आश्वासन दिएका छन् ।

‘सरकारको एक सय दिन राजनीतिक रुपले अलि उतार चढावमय भयो’, उनले कांग्रेससँगको गठबन्धनबारे भने, ‘तर जहाँ गएर ल्याण्ड हुनुपर्ने थियो त्यहीँ ल्याण्ड भयो, यो तपाई हामी सबैका निम्ति खुशीको कुरा हो ।’ सरकारले पूर्णता पाइसकेको र राजनीतिक स्थिरता समेत कायम भइसकेकाले अव कामले गति लिने उनले जानकारी दिए । गोरखा बाटै निर्वाचित भएर आफू प्रधानमन्त्री भएकाले पनि गोरखाको बिकासका निम्ति आफूले सक्दो पहल गर्ने बताए । उनले भने, ‘यहीँ तपाईहरुले निर्वाचित गरेको जनप्रतिनिधि प्रधानमन्त्री हुने, यहीबाट निर्वाचित नेता उपप्रधानमन्त्री एवं गृहमन्त्री हुने, यहीबाट निर्वाचित जनप्रतिनिधि अव सायद केही समयमा मुख्यमन्त्री हुने, यति हुँदा पनि अव काम भएन भने जनतामा निराशापन आउछ, त्यसैले हामी निर्वाचित जनप्रतिनिधिका लागी चुनौतीको अवसर हो यसलाई हामीले सदुपयोग गर्नुपर्छ ।’

नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा आफूहरु रहेको बताउदै उनले परम्परागत बिकासको मोडेलमा केही नयाँपन ल्याउने तयारी पनि भइरहेको जानकारी गराए । प्रधानमन्त्री प्रचण्डले अस्पतालमा रहेको आईसीयू कक्षको पनि उद्घाटन गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports