उपेन्द्र यादवलाई स्यालको संज्ञा दिए सिके राउतले
वि.सं.२०७९ चैत २४ शुक्रवार १७:५५
shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै स्यालको संज्ञा दिएका छन् ।वैशाख १० गते हुने उपनिर्वाचनमा बारा २ कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र लोसपाले अध्यक्ष यादवलाई सघाएपछि स्यालको संज्ञा दिएका हुन् ।
उनले फेशबुकमा लेखेका छन्, ‘झुण्ड मे तो गीदड आता हे । शेर अकेला हि आता है ।’ उनले आफूलाई सिंह सँग तुलना गर्दै एक्लै प्रतिस्पर्धा गर्ने बताएका छन् । गठबन्धनको तर्फबाट उपेन्द्रलाई उम्मेदवार बनाउने भएपछि उनले माओवादीबाट शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उभिएका छन् ।





































