एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरे
वि.सं.२०७९ चैत २५ शनिवार १५:४१
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता न्यौपानेले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् ।
एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त भएको उनको आरोप छ । सांसदको लागि झगडा गर्ने, सांसद पाउना साथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै पार्टीमा रहेको उनको दाबी छ । माघ २०७९ मा बसेको केन्द्रीय समितिको बैठकमा आफूले राखेको फरक मत बारे कुनै छलफल नभएको भन्दै उनले अघि भने, ‘यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ ।’
उनले देशभरका नेता कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारी रहेको समेत जानकारी दिए । सम्मानित पद दिए एकीकृत समाजवादीका नेता झलनाथ खनाल समेत एमालेमा नै फर्किने मनस्थितिमा रहेको उनको दाबी छ ।





































