विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिए

650
shares

काठमाडौं । ललितपुरको बखुण्डोलमा निर्माणधीन समिट अपार्टमेन्ट वरपरका घर भासिएको छ । अपार्टमेन्ट वरपरका घर शुक्रबार राति भासिएपछि स्थानीय बासिन्दा भागाभाग भएका थिए । भागदौडका क्रममा कतिपय घाइते भएका छन् । एक तला जति घरहरु भासिएका छन् । केही घर क्षतिग्रस्त भएका छन् भने केहीको एकतला जति भासिएको छ । आफूहरु सँग अनुमति नलिई अपार्टमेन्ट बनाउन सुरु गरेको स्थानीयबासिन्दाको आरोप छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था मिलाउन माग गरेका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन । शनिबार बिहान भासिएको घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषी माथि कडा कारबाही गर्न सरकार सँग माग गरेकी छन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सँग कुरा गरेको भन्दै उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports