गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एसका केन्द्रीय सचिव तथा लुम्बिनी इन्चार्ज सहित दाङको जिल्ला कमिटी नै एमालेमा समाहित हुने

637
shares

रुपन्देही । नेकपा एसका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पूर्वमन्न्त्री हिराचन्द्र केसीसहित दाङको पार्टी कमिटी नेकपा एमालेमा समाहित हुने भएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले नेकपा एसमा रहेको अधिकांश नेता कार्यकर्ताहरु एमालेमा समाहित हुते तयारी भएको जनाएका छन् ।

‘सबै नाम टुंगो लागेको छैन, केन्द्रीय सचिव भागवत विश्वासी, पूर्वस्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, नेतृ शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणि बेलवासे, सचिव डिल्ली डाँगी सहितको अधिकांश नेता कार्यकर्ताहरु एमालेमा समाहित हुने कार्यक्रम तय भएको छ’ उनले भने ।

एसवाट एमालेमा प्रवेशमा गर्न लागेका नेताहरुलाई स्वागत गर्न एमालेका महासचिव शंकर पोखरेल शुक्रबार दाङ जान थालेका छन् । महासचिव पोखरेलले उनीहरुलाई प्रवेश गराउन तुलसीपुरमा जेठ ६ गते जान लागेका हुन् । दाङ एमाले महासचिव पोखरेलको गृह जिल्ला हो । अब यहाँबाट एसका मुख्य नेता मेटमणि चौधरी कमजोर बनेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports