गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपति पौडेल संसद भवन नयाँ बानेश्वर जाँदा तामझाम नगरिने

741
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शुक्रवार (आज) सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् जाँदै छन् । सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न बिना तामझाम सङ्घीय संसद भवन बानेश्वर जाने भएका हुन् । राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरलेका अनुसार राष्ट्रपति पौडेलले कुनै तामझाम नगर्न निर्देशन दिएका छन् । सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका उनको भनाइ छ ।

गत फागुन २५ मा निर्वाचित पाैडेलले पहिलाे पटक सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । तर, सामान्य रूपमा संसद् गएर फर्कने राष्ट्रपति पाैडेलकाे तयारी रहेकाे पोखरेलले बताए । ‘सडक खाली गराएर तामझाम हुँदैन । पुरानो परम्परा पुरै नमास्ने भनिरहेको छ । त्यसका लागि संसद् पुग्ने बेलामा बग्गी अगाडि लाग्छ । राष्ट्रपति निवास बाट तामझाम हुँदैन,’ उनले भने ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports