भारतका शिक्षा मन्त्री प्रधानको राजिनामा पछि जोशी बने शिक्षा मन्त्री
वि.सं.२०८३ साउन १० आइतवार १३:२२
shares

भारतमा धर्मेन्द्र प्रधानले शिक्षा मन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ।
राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जानकारी दिएको हो।कक्रोच जनता पार्टीको प्रदर्शनपछि प्रधानले शनिबार राजीनामा दिएका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानको राजीनामासँगै रिक्त रहेको शिक्षा मन्त्रीको जिम्मेवारी प्रह्लाद जोशीलाई दिएका छन्।प्रधानमन्त्रीको सिफारिसमा जोशीलाई शिक्षामन्त्रीको अतिरिक्त जिम्मेवारी दिइएको पनि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।जोशी उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री हुन्। सँगै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन्।
अब उनले शिक्षा मन्त्रालय पनि हेर्नेछन्। प्रधानको राजीनामासँगै आन्दोलनरत कक्रोच जनता पार्टी (सिजेपी)ले आन्दोलन स्थगित गर्ने घोषणा गरेको छ।शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्तापछि सीजेपीले प्रदर्शनकारीहरूलाई घर फर्किन अपिल गरेको हो।
सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारसँग आफ्ना मागहरू स्वीकार भएको दाबी गर्दै चार सातापछि फेरि भेटेर बाँकी माग तथा शिक्षा सुधारका विषयमा छलफल गरिने बताए।






































