सरकारमै बसेर नेपाल बन्दको घोषणा गर्ने नागरिक उन्मुक्ति पार्टी सँग सरकारले आज वार्ता गर्ने
वि.सं.२०८० जेठ ५ शुक्रवार १५:५८
shares

काठमाडौं । भोलि शनिबार देखि ५ दिन नेपाल बन्दको घोषणा गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग सरकारले आज वार्ता गर्दैछ । शुक्रबारसम्म राँके जुलुस, विरोध प्रदर्शन, कोणसभा लगायत कार्य गरेको नाउपा शनिबारदेखि आम हडतालमा उत्रने घोषणा गरेको छ ।
आन्दोलन घोषणा गरेदेखि नै सरकारले कार्यक्रम फिर्ता गर्न आग्रह गर्दै आएको छ। सोही विषयमा छलफल गर्न आज सरकारसँग वार्ता हुने नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बताए । आजको वार्ता निर्णायक हुने पनि उनले बताए । वार्तापछि नेपाल बन्द कायम हुने वा नहुने भन्नेबारे थाहा लाग्ने उनले बताए । टिकापुर घटनामा पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको मागलाई मुख्य एजेण्डा बनाएको छ । सोही माग पूरा गराउन भन्दै नाउपा केन्द्र सरकारमा सहभागी छ ।
सरकरको नेतृत्व माओवादी केन्द्रले गरिरहेको छ भने सोही सरकारमा नाउपाकी अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री छिन् ।






































