विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकाहरूको थुनछेक बहस आज देखी सुरू हुने

741
shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तहरूको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । पक्राउ परेका १८ जनाको बयान शुक्रबार सकिएपछि आज ( आइतबार ) देखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु हुने भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा रहेको मुद्दामा थुनछेक बहसपछि आरोपीहरूलाई पुर्पक्षमा पठाउने/नपठाउने टुंगो लाग्नेछ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान शुक्रबार भएको थियो । ३० जना प्रतिवादी बनाएर राज्य विरुद्ध सहित ५ कसुरमा २७ करोड ५० लाख बिगो माग दाबी सहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जेठ १० गते मुद्दा दायर गरेको थियो । पक्राउ परेका अधिकांशले आफू माथि लागेको आरोपमा इन्कारी बयान दिएका छन् । तर पीडितको जाहेरी, गृह मन्त्रालयले शरणार्थी समस्या समाधानका लागि भन्दै बनाएको कार्यदलको प्रतिवेदन किर्ते भएको देखि विभिन्न तहमा बैंक खाता प्रयोग भएकाहरू समेत पक्राउ परेकाले पर्याप्त प्रमाण रहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका मध्ये पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई विरुद्ध कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गरिएको छ । नेपालमा पहिलोपटक गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व विरुद्ध राज्य विरुद्धको कसुरमा मुद्दा चलेको हो । पक्राउ परेका आरोपीलाई अदालतले थुनामा पठाउँछ वा पठाउँदैन भन्ने सर्वत्र चासो छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports