नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिट न्यायाधीश शर्माको इजालसमा
वि.सं.२०८० जेठ २१ आइतवार १४:०९
shares

काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज हुँदैछ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।
नागरिकता विधेयक प्रमाणीकरणविरूद्व वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले राष्ट्रपति कार्यालय सहितलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन् ।




































