तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७५ औं वर्षमा प्रवेश

611
shares

 

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७४ औं वार्षिकोत्सव एवम् ७५ औं जन्मजयन्ती (हिरक जयन्ती) कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रम सहित सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका कम्पनीका नि. प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राख्नु हुँदै नेपालको बीमा उद्दोगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७ दशक भन्दा बढी उत्कृष्ट सेवा निरन्तर दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र सिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज ढगंले बीमितसम्म पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कम्पनीको ७४ औं वार्षिक उत्सव तथा ७५ औं जन्मजयन्ति कार्यक्रममा कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष श्री अर्जुन पौडेल शर्माले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७४ औँ वर्ष पार गरि ७५ औँ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दैे यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वाश गरि सहगोग पु¥याउनु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, लगानीकर्ताहरु, पुर्व सञ्चालकहरु, कर्मचारीहरु, नियामक निकायहरु र सम्बन्धित सबैमा हृदयदेखि नै आभार व्यक्त गर्नु भयो ।

यसै अवसरमा आफ्नो जिवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका १३ जना कर्मचारीहरुलाई दिर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका २ जना कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरियो ।

कम्पनीको हाल चुक्ता पूँजी रु १२४ करोड रहेको र कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय तथा देशभर ४९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई बिस्तार गरी ग्राहकको आबश्यकता, सेवा र सन्तुष्टिलाई समेत विशेष ध्यान दिई कम्पनीका सम्पूर्ण काम कारवाहीहरुलाई पूर्ण व्यावसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै आएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports