गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वर्ल्डलिंक कम्युनिकेशन्सले गर्यो ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर हस्तान्तरण

676
shares

 

काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आज एक कार्यक्रमवीच ट्राफिक प्रहरीलाई एउटा विद्युतिय स्कुटर प्रदान गरेको छ । वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले बिद्युतिय स्कुटर महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरेका हुन ।
एसएसपी भट्टराईले वर्ल्डलिंकलाई धन्यवाद दिदै प्राप्त स्कुटरलाई सार्वजनिक सवारी साधनहरूमा छुट्याईएको आरक्षण सिट, सवारी भाडा, स्वास्थ्य मापदण्ड कार्यान्वयनको अनुगमन तथा ट्राफिक व्यवस्थापनगर्न २ जना महिला ट्राफिक प्रहरी परिचालन गरिने बताउनुभयो । स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने छ, यसले थप प्रभावकारी रुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्कुटरको चावी हस्तान्तरण गर्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्यालाई समाधान गर्न स्कुटरको प्रयोगबाट थप सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताउनुभयो । उहाँले वातावरणमैत्री स्कुटरले ध्वनी प्रदुषण तथा वातावरण प्रदुषणमा समेत योगदान गर्ने वताउनुभयो । उक्त कार्यक्रममा महाशाखाका उच्च प्रहरी अधिकृत तथा वर्ल्डलिंकका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports