विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वान एक्स बेट प्रकरणः ११ जना विरुद्ध मुद्दा दायर , झण्डै ६५ करोड बिगो दाबी

585
shares

नेपालमा प्रतिबन्धित अनलाइन जुवा ‘वान एक्स बेट’ प्रकरणमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । कुल ११ जनालाई प्रतिवादी बनाएर सट्टेबाजी सम्बन्धी कसूर र नेपाल राष्ट्र बैंक ऐन–२०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिम ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए ।

मुद्दा दायर गरिएकामा दिनेश खड्का, अनिता धिताल, बेगम नेपाली, रोशन खतिवडा, अलिस राई, राजु पौडेल, मरिचमान श्रेष्ठ, जलन घर्ती मगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेल छन् । प्रतिवादी मध्ये खड्का र धिताल माथि कुल ६४ करोड ९४ लाख २९ हजार ८ सय २० रुपैयाँ बिगो कायम गरिएको छ । कलाकार र युट्युबरहरूको हकमा भने विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) अनुसार कसुर गरेकाले सोही ऐनको दफा २५ (२) अनुसार सजाय हुनुपर्ने माग दाबी लिइएको छ ।

दफा ५ (२) (ढ) मा प्रचलित कानून विपरीत विज्ञापन गर्न नहुने उल्लेख छ । त्यस्तो कसुर गरेमा दफा २५ (२) अनुसार १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । खड्का र धितालले वान एक्स बेट सट्टेबाजीमा एजेन्टका रूपमा काम गरेको पाइएको छ भने कलाकार र युट्युबरहरू विज्ञापन गरेको अभियोगमा पक्राउ परेका हुन् । कुशल पोखरेलको हकमा फरार प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports