नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेश १-१ को बराबरीमा

572
shares

काठमाडौं । सावित्रा भण्डारीले इन्जुरी टाइममा गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशसँग हार टारेको छ । ढाकामा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले १-१ को बराबरी खेलेका हुन् ।

खेलमा घरेलु टोली बंगलादेशले कप्तान सबिना खातुनको गोलबाट ६५औं मिनेटमा अग्रता लिएको थियो । बंगलादेश जिततर्फ अग्रसर भइरहेको बेला नेपालले बराबरी गोल फर्काएको हो । इन्जुरी टाइममा नेपालकी स्टार खेलाडी सावित्राले गोल गर्दै नेपालको हार टारिन् ।

गत वर्ष काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिप फाइनलमा खेलेपछि नेपाल र बंगलादेश बीच पहिलो पटक खेल भएको हो । साफमा नेपाल फाइनलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports