नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्वास्थ्य मन्त्री बस्नेतको नाममा पत्रपत्रिका तथा सामाजिक सञ्जालमा समाचार आएको प्रति स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण

741
shares

काठमाडौँ । आत्महत्या विषय सँग जोडेर स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको नाममा पत्रपत्रिका तथा सामाजिक सञ्जालमा समाचार आएकोप्रति स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गरी भ्रमपूर्ण र तोडमोड समाचारका पछि नलाग्न आग्रह गरिएको हो । तथ्य तोडमोड गरी अर्कै भाष्य सिर्जना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सिर्जना गरेको पाइएको सूचना अधिकारी डा. पवन कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संघ पूल दरबन्दीमा रहेका एकजना विशेषज्ञ चिकित्सकलाई खटाइएको ठाउँमा काम गर्न सम्झाइबुझाई गर्दा पनि निजले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक–पटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज तोकिएकै स्थानमा जाऊन् भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको हो । तर, हाल सो तथ्य तोडमोड गरी अर्कै भाष्य सिर्जना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सिर्जना गरेको पाइएको छ ।’

राष्ट्रिय ट्रमा सेन्टरमा सो विषय विज्ञतासम्बन्धी ४० भन्दा बढी स्वास्थ्यकर्मीहरू कार्यरत रहेका छन् । हाल पनि दरबन्दीभन्दा बढी विशेषज्ञ र अन्य अस्पतालमा दरबन्दीका विशेषज्ञ नभएको अवस्थामा यस्ता धम्कीहरूलाई निरुत्साहन गर्न बोलिएको सन्दर्भलाई समाचार, सामाजिक सञ्जालमा तोडमोड प्रकाशन गरिएको प्रति मन्त्रालयले आपत्ति जनाएको हो । साथै, स्वास्थ्यकर्मीहरूलाई दरबन्दी भएकै ठाउँमा काम गर्ने वातावरण सिर्जना गर्न तथा वर्षौं देखि एकै ठाउँमा मात्र कामकाजमा रहने अवस्था सुधार गरी काठमाडौँमा मात्रै बस्न खोज्ने प्रवृत्तिलाई रोक्न यस्तो प्रयास भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

स्मरण रहोस्, २५ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको नेतृत्व सम्हालेपछि गरेका काम सार्वजनिक गर्ने क्रममा खटाएको ठाउँमा नगएर आत्महत्या गर्छु भन्ने कर्मचारीलाई आफै डोरी दिने अभिव्यक्ति दिएका थिए । त्यसको चौतर्फी विरोध भएपछि मन्त्रालयले आज विज्ञप्ति जारी गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports