संघीय संसदका तीन वटा समितिको बैठक आज बस्दै
वि.सं.२०८० साउन ३२ बिहीवार ०७:३५
shares

काठमाडौं । आज संघीय संसदका तीन वटा समितिको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज सार्बजनिक लेखा समिति सहित तीन संसदीय समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार दिगो विकास तथा सुशासन समितिको ११ बजे बैठक बस्नेछ भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक ११ः३० बजेका लागि बोलाईएको छ । सिंहदरवार स्थित संसद सचिवालय भवनमा बस्न लागेका तीन समितिको बैठक मध्ये सार्वजनिक लेखा समितिको बैठक भने १ बजे बोलाईएको छ ।





































