नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक २ हजार तीन सय रुपैयाँ बढायो, न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ

819
shares

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक २ हजार तीन सय रुपैयाँ बढाएको छ । बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको हो । यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो ।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गते देखि लागुहुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पु¥याएको हो । सूचनाका अनुसार आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता सहित १७ हजार पुगेको हो । त्यस्तै, दैनिक पारिश्रमिक ६६८ रूपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको छ ।आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको हो । मन्त्रालयले न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता गर्न नपाइने जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports