सशस्त्रका १२ एसपी एसएसपीमा बढुवा सिफारिस
वि.सं.२०८० साउन ३२ बिहीवार २०:३९
shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा १२ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को नाम सिफारिस भएको छ । सशस्त्र प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट भर्ना भएका दोस्रो ब्याचीहरूको एसएसपीमा बढुवा सिफारिस भएको हो । बढुवा सिफारिस हुनेमा राजेश उप्रेती, भरत खनियाँ, गंगाराम श्रेष्ठ लगायत १२ जना एसपी रहेका छन् ।
बढुवा सिफारिस भएकाहरु २०७५ साल चैत १५ गते एसपीमा बढुवा भएका अधिकृतहरू हुन् । यही ब्याचका १५ जना भने २०७७ जेठ ५ गते एसपी बढुवा भएका थिए । यसअघि सो समूहका १५ जना एसएसपी भइसकेका छन् । बाँकी १९ मध्ये बिहीबार १२ जनाको नाम सिफारिस भएको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संगठनको नेतृत्व सम्हाले देखि वृत्ति विकासमा ध्यान दिँदै संगठनलाई नीति नियमअनुसार अघि बढाउने प्रयास गर्दै आएका छन् । सरूवा–बढु वालगायतमा पनि व्यापक परिवर्तन गर्दै पारदर्शी ढंगले काम हुन थालेको सशस्त्र प्रहरी बलले जनाएको छ । साउन महिनामा मात्रै एसएसपी देखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ ।



































