विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज देखी राप्रपा नेपालको केन्द्रीय समितिको बैठक बस्दै

624
shares

काठमाडौं । राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक आजदेखि काठमाडौंमा शुरु हुँदै छ । बैठकले राजसंस्था सम्बन्धी पार्टीको आधिकारिक धारणा पनि तय गर्नेछ । पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धी पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । बैठकले पार्टीलाई नयाँ ढङ्गबाट सञ्चालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्ने थापाले स्पष्ट पारेका छन् । राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

राजसंस्था सम्बन्धी धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा विष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिवेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports