विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सार्क महासचिव इसाला विराकुनले गरे प्रधानमन्त्री दाहाल सँग बिदाइ भेट

702
shares

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बिदाइ भेट गरेका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सार्क महासचिवको रूपमा सार्कलाई सक्रिय बनाउन निर्वाह गरेको भूमिकाको प्रंशसा गरेका थिए । सार्क सचिवालयमा नयाँ महासचिव बंगलादेशबाट आउने टुंगो लागेको छ । अध्यक्ष राष्ट्र नेपाल र सार्क सचिवालयको लगातारको प्रयासपछि सार्क सचिवालय नेतृत्वविहीन हुनबाट जोगिएको छ ।

सार्कको नयाँ महासचिवमा बंगलादेशका वरिष्ठ कूटनीतिज्ञ गोलम सरवर नियुक्त भएका छन् । सार्कको संस्थापक मुलुक पाकिस्तानले हालका लागि अफगानिस्तानलाई छाडेर अघि बढ्न सकिने सहमति दिएपछि सचिवालयको नेतृत्व टुंगो लागेको थियो। श्रीलंकाका महासचिवले जिम्मेवारी पूरा गरेपछि सार्क सचिवालयमा महासचिवको नेतृत्व गर्ने जिम्मा सार्कको कान्छो सदस्य मुलुक अफगानिस्तानको थियो।

सार्क सचिवालयको नेतृत्व अंग्रेजी अल्फाबेट अनुसार चयन हुने हुँदा अफगानिस्तानको पालो थियो । तर, अध्यक्ष राष्ट्र सहित नेपाल सहित सातवटै मुलुकको सहमतिमा बंगलादेशले नेतृत्व गर्ने अवसर पाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports