विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कान्ति बाल अस्पतालमा उपचार नपाएर बालिकाको निधन भएको विषयलाई लिएर सांसदहरुले सरकार सँग जवाफ मागे

637
shares

काठमाडौं । कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको निधन भएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारसँग जवाफ मागेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले के कारणले बालिकाले उपचार नपाएर मृत्यु भएको हो भन्नेबारे सरकारसँग जवाफ मागे । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर थापाले उपचार नपाएर मृत्यु हुनुपर्ने अवस्था किन आयो भनी प्रश्न गरे । यस सम्बन्धमा अस्पतालको व्यवस्थापनबारे पनि सोधपुछ गर्नुपर्ने उनको माग छ ।

उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको आफन्तले बताएका छन् । यस्तो अवस्था कसरी आयो भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले पनि सरकारमाथि प्रश्न गरे । यस घटनाका सम्बन्धमा स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्ने उनको माग छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले पनि उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लज्जास्पद रहेको बताइन् । रास्वपाकी सांसद सुमना श्रेष्ठले नेपालले अवलम्बन गर्दै आएको र अभ्यासमा रहेको सिस्टमको असफलताको कारण कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको बताइन् । सरकारले ध्यान नदिनु नै ठूलो गल्ति भएको उनको भनाइ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports