आक्रमणकारीको हाम्रो पार्टी सित कुनै पनि प्रकारले संलग्न थिएन : महामन्त्री धवल शम्शेर राणा
वि.सं.२०८० भदौ २१ बिहीवार १४:२१
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि आक्रमण गर्ने व्यक्ति आफ्नो पार्टीको सदस्य नरहेको प्रष्टीकरण दिएको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै राप्रपाका महामन्त्री धवल शम्शेर राणाले आफ्नो पार्टीले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए ।
‘यो विषय प्रष्टै होस् त्यो व्यक्ति (आक्रमणकारी) हाम्रो पार्टीसित कुनै पनि प्रकारले संलग्न थिएन’ महामन्त्री राणाले भने । आक्रमण गर्ने व्यक्तिलाई हुनपर्ने कारबाही होस् भनी उनले सरकारसँग माग गरे । बुधबार भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडि बाट धारिलो हतियार हानेका हुन् ।
उक्त कार्यक्रममा आफू समेत सहभागी भएको उल्लेख गर्दै राप्रपाका महामन्त्री राणाले राजधानीमै नेताहरु माथि आक्रमण हुनु दुखःद भएको बताए । यस घटनामाथि छानबिन गर्न र दोषीलाई कारबाही गर्न उनले माग गरे ।





































